धरान : बास्केटबल सङ्घको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित प्रदेश १ स्तरीय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको दोस्रो दिन धरान मेघा हिमालयन, धरान सिटी, धरान इन्जिनियर र राष्ट्रिय जनसहयोग इटहरी विजयी भएका छन्।
दोस्रो दिन शनिवार भएको पहिलो खेलमा महिला तर्फ मेघा हिमालयन कलेजले युएन नवोदयलाइ ३८-४ अङ्कको फराकिलो अन्तरले  पराजित गरेको छ । यसै गरी पुरुष तर्फको खेलमा धरान सिटी कलेजले डिपो स्कुललाई २९-२८, इन्जिनियर कलेजले बिकेबिएम विराटनगरलाई २८-२४ र राष्ट्रिय जनसहयोग कलेज इटहरीले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारलाई ३८-१५ अङ्कले पराजित गरेको छ । 
खेलमा मेघाका शीतल तामाङ र निरुता राईले समान ८ अङ्क व्यक्तिगत जोडेका थिए । यसैगरी डिपोका रिदम राईले १३, इन्जिनियर कलेजका अनमोल राईले २२ र राष्ट्रिय जनसहयोग इटहरीका विजय शाहले ११ अङ्क जोडेका छन् ।
अल्फा विटा कोयोला एजुकेसन कन्सलटेन्सिको मुख्य प्रायोजन तथा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताका पुरुष तर्फका विजेताले नगद ३० हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । छात्रातर्फका विजेताले नगद २० हजार र उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसै गरी व्यक्तिगत विद्यामा प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि उपाधि महिला पुरुष विजेताले जनही नगद दुई हजार ५ सय र हाइस्कोररले जनही दुई हजार रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । उदीयमान खेलाडीले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ।
धरान १६ धरान रङ्गशाला स्थित इन्डोर बास्केटबल कोर्टमा सम्पन्न भइरहेको प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल महिला पुरुष थ्री-पोइन्ट कम्पिटिसन हुनेछ। कम्पिटिसनका विजेताले जनही नगद ३ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । थ्री पोइन्ट कम्पिटिसनका लागि धरान-१५ निवासी नेपालका चर्चित गायक तथा पूर्व बास्केटबल खेलाडी प्रकाश पौडेलले प्रायोजन गरेका हुन ।
भोलिको पहिलो खेल पुरुष तर्फ धरान सिटी कलेज र लोटस बिच क्वाटर फाइनल खेल हुनेछ। महिला तर्फ भने सियोन स्कुल र केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार र धरान मेघा र पब्लिक हाइ स्कुल बिच सेमिफाइनल खेल हुनेछ।