इटहरी : इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउती सम्मको बाटो छिटो निर्माण गर्न आयोजना प्रमुखलाई पत्राचार गरेको छ । सडक निर्माण विस्तार सुस्त हुँदा दैनिक सर्वसाधारणले सास्ती बेहोर्नु परेको भन्दै बाटो छिटो गर्न पत्राचार गरेको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलले सडक निर्माण ढिलो भएको भन्दै सङ्घीय सरकारको ध्यानाकर्षण गरेको हो । सङ्घीय सरकारको मातहतमा उक्त राजमार्ग भएकाले छिटोभन्दा छिटो  बनाउन छ लेन सडक आयोजनालाई पत्राचार गरेको हो ।
यस अघि पनि नगर प्रमुख पौडेलले स्थलगत अनुगमन गरी छिटो बाटो बनाउन अनुरोध गर्दा पनि निर्माणको काम अघि  नबढेको भन्दै पत्राचार गरेको हो । बारम्बार ताकेता गर्दा पनि सडक निर्माणको काममा ढिलो भएको भन्दै मेयर पौडेलले रोकिएको काम तत्काल अगाडि बढाइदिन आग्रह सहित पत्राचार गरेको हो।
सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनको बनाउन १० अर्ब ५८ करोड रुपैयाँमा ठेक्का लगाएको थियो । यो सडक निर्माण आर्थिक वर्ष २०७५/०७६ भित्र गरिसक्नु पर्ने थियो ।
itahari-upahanagar-letter-s