काठमाडौँ : भिभो एक अग्रणी ग्लोबल टेक्नोलोजी ब्रान्डले आफ्नो भी र वाई सिरिजको नवीनतम स्मार्टफोन-भी२५ई र वाई१५सी मोडलहरूको मूल्य भारी मात्राले घटाएको छ । भी२५ई (८+१२८ जीवी) को पुरानो मूल्य रु. ४२,९९९ थियो र रु ३००० घटेर अब यो स्मार्टफोन नयाँ मूल्य रु.३९,९९९ मा उपलब्ध हुनेछ । त्यस्तै रु १७,९९९ मूल्य रहेको भिभो वाई१५सी को मूल्य पनि रु ३००० ले घटेको छ । वाई१५सी मार्च १ तारिखदेखि मार्च ३१ तारिखसम्म रु १४,९९९ मूल्यमा उपलब्ध हुनेछ । यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुनेछ ।
भिभो नेपालका सिइओ माइकलले भने, “भिभोमा, हामी हाम्रा ग्राहकहरूको जीवनस्तर वृद्धि गर्न र उनीहरूलाई हाम्रा उत्पादनहरूमा थप पहुँचयोग्य बनाउन निरन्तर लागि परेका छौँ । हामी भिभो स्मार्टफोनको मूल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहन्छौँ । दुवै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।”
भिभो भी२५ई मा ६४एमपी ओआईएस अल्ट्रा-सेन्सिङ रियर क्यामेरा छ जसमा उच्च-संवेदनशील सेन्सर र ओआईएस छ जसले हाइब्रिड इमेज स्टेबलाइजेशन प्रदान गर्दछ । स्मार्टफोनमा बोकेह फ्लेयर पोट्रेट विशेषता पनि छ जसले डुअल क्यामेरा सेटअप प्रयोग गरेर रात्रिकालीन फोटोग्राफीलाई सुधार गर्दछ । फोनमा ४४वाटको फ्ल्यास चार्ज र बलियो ४५०० एमएएच ब्याट्री रहेको छ जसले अत्यन्तै छिटो चार्ज गर्न अनुमति दिन्छ र प्रयोगकर्ताहरूले ब्याट्रीको जीवन वा फोन अत्यधिक तात्ने चिन्ता नगरी फोनका अन्य सबै क्षमताहरूको फाइदा लिन सक्छन् । भी२५ई मा मिडिया टेक हेलियो जी९९ सीपीयू छ जसले फोनमा भएका सुविधाहरूलाई सजिलैसँग सञ्चालन गर्दछ । यसमा ८जीवी र्‍याम छ जसलाई ३.० र्‍यामको सहायताले ८जीवी सम्म विस्तार गर्न सकिन्छ । भी२५ई को कलर चेन्जिङ ग्लास प्यानलले सबैभन्दा बढी ध्यान तानेको छ । सूर्यको प्रकाशमा पर्दा, यसले बिस्तारै पछाडिको प्यानलको रङ परिवर्तन गर्छ । 
वाई१५सी मा आई प्रोटेक्शन सहितको ६.५१ इन्चको फूलभ्यू डिस्प्ले, विशाल ५०००एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा छन् र यी सबैले सहज मनोरञ्जन अनुभव प्रदान गर्दछ।