सुनसरी : बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि एभिनियर फुटबल क्लब क्यामरुन र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबिच प्रतिस्पर्धा हुने भएको छ ।
धरान रङ्गशालामा आज बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा एन्फा मोरङलाई २-० गोल अन्तरले पराजित गर्दै क्यामरुनी फुटबल टिम एभिनियरले काँकडभिट्टा सँगको उपाधि भिडन्त पक्का गरेको हो ।
एभिनियरको जितमा खेलको ४५ औ मिनेटमा डिम्बाले १ गोल गरे । एभिनियरले थप एक गोल एन्फा मोरङबाट आत्मघाती उपहार पाएको थियो । मोरङका सुजन चौधरीले ८५ औ मिनेटमा आत्मघाती गोल गरेका थिए ।
आजको खेलको म्यान अफ द म्याच एभिनियरका जिन जियोन घोषित हुँदै नगद १० हजार पाए । एभिनियरले उपाधिका लागि शनिवार काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापासँग खेल्नेछ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा युनाइटेड कर्साङ क्लब युकेएफसी भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै काँकडभिट्टाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।