• रश्मि प्रधान
धरान : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धरानलाई पूर्वी धार्मिक स्थलहरू र सप्तकोशी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको हब बनाएर यसभेगका स्वदेशी उत्पादनको बजारीकरण समेत गर्न सकिने कुरा बताएका छन् ।
धरान एक्स्पोको शनिवार सम्पन्न समापन समारोहमा प्रमुख अतिथि मन्त्री किराँतीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले पर्यटनको हबको रूपमा विकास गरी त्यसलाई स्वदेशी उत्पादनको बजारीकरणको केन्द्र पनि बनाउन सकिने बताएका हुन् । उनले भने ‘हलेसीलाई बुद्धिष्ट, किराँती सबैले मान्ने भएकाले  हलेसीलाई ब्रान्डिङ गर्न चतरालाई स्टेशन बनाएर अघि बढ्न सकिन्छ ।’
उनका अनुसार बिचका ठाउँहरूको विकासका लागि योगा सेन्टर निर्माण गर्दै तुम्लिङटारमा ओर्लिएका हवाई यात्रुलाई अरुणको बाटो हुँदै सप्तकोशी जल पर्यटन गराउँदै चतरा ल्याएर धरानलाई हब बनाउन सकिन्छ । उनले भने ‘ताप्लेजुङ सुकेटारका यात्रुलाई विकल्पको रूपमा जल पर्यटनको माध्यम र्याफटीङ गराउँदै धरान ल्याउन सकिन्छ ।’
पर्यटनलाई यस भेगका उत्पादनको आफ्नो स्वाद र संस्कार सस्कृतीको रूपमा नेपाली मोडल बनाएर नेपाली उत्पादनलाई बजारीकरण गरिनु पर्ने कुरामा उनले ध्यानाकर्षण गराए । मन्त्री किराँतीले नेपाली स्रोत साधनलाई सामूहिक रूपमा सञ्चालन गर्दै प्रविधि मैत्री किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नु पर्ने उनले आग्रह गरे ।
उनले भने ‘सामाजिक विकास सँगै सस्कृती र संस्कारको विकास गर्न आवश्यक छ ।’ घाँटी हेरेर हाड निल्नु भन्ने भनाई उद्धृत गर्दै मन्त्री किराँतीले भने ‘विकासको ठुलो कुरा गरेर मात्र केही हुँदैन, सबैभन्दा पहिला धरानको भानुचोकमा रहेको सार्वजनिक शौचालयलाई स्मार्ट शौचालयमा विकास गर्नु पर्‍यो ।’ शौचालयलाई स्मार्ट बनाएर मात्र सहरलाई स्मार्ट बनाउन सकिने उनको भनाई थियो ।
मन्त्री किराँतीले धरान र विजयपुरको इतिहासको चर्चा गर्दै धरानमा सबै थोक रहेकोले यहाँको लगानी कति पलायन हुँदैछ त्यसप्रति गम्भीर हुन आग्रह गरे । उनले भने ‘शिक्षा, स्वास्थ्य र खानेपानीको अवस्था नाजुक बन्दै गएको, व्यापारको भविष्य छैन भन्दै लगानी पलायन भइरहेको सुन्दा दुःख लाग्छ ।’
पाँचतारे होटेलमा महँगो रक्सी र वाइनको संस्कारमा गएको नेपाली समाजलाई रैथाने स्वाद दिँदै परिकारलाई परिमार्जन गरेर नेपाली माटोमा उत्पादन भएको तिनपाने रक्सी र जाँडलाई ब्राण्डिङ गर्न नसक्दा प्रदेशको पर्यटन पछाडि परेको मन्त्री किराँतीले बताए । उनले उद्योगी व्यवसायीलाई स्थानिय उत्पादन लाई ब्राण्डिङमा जोड  दिन आग्रह गरे । 
समापन समारोहमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले सेवा र स्थानिय परिकारलाई प्रवर्द्धन गरे मात्र पर्यटनको विकास हुने बताए । उद्योगी र व्यवसायीले यस कुरालाई आत्मासाथ नगरे सम्म पर्यटनको विकास नहुने उनको भनाई थियो । सरकारले ५ वर्ष सम्म स्वदेशी लगानीमा करको दायरा घटाउन आवश्यक रहेको उनले बताए ।
harka-sampang-dharan-expoधरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सप्तकोसीबाट खानेपानी ल्याउन र लागूपदार्थ दुब्र्यशन धरानको ठुलो समस्या रहेको बताए । उनले भने ‘विकृति र विसङ्गति रोक्न तिनै तहको सरकारको सहकार्य जरुरी देखिएको छ ।’ उत्पादन मुखी व्यापार, व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम बन्न जरुरी भएको उनको भनाई थियो ।
स्थानीय सरकार उत्पादनमा जोडबलमा लागेको तर धरानलाई उत्पादनसँग जोडाउन खोज्दा चारै तिरबाट घेराबन्दी गर्न खोजिएको उनको भनाई छ । धरानको मुख्य सडकबाट बन्न लागेको कोसी राजमार्गमा त्याग र तपस्या गरेर धरानवासीले योगदान गर्नुपर्ने आग्रह गर्दै मेयर साम्पाङले भने ‘सडक ७२ फिट भन्दा ठुलो बनाएर सबैलाई सुकुम्वासी बनाउन हुँदैन ।’
dhananjay-regmi-CEO