काठमाडौं  : राष्ट्रपतिमा कांग्रेस उमेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न निर्वाचनमा ३३८०२ मतभार प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।

संघतर्फको १६हजार ९०६ र प्रदेशतर्फको १६ हजार ९६ मत सहित कुल ३३ हजार ८०२ मतभारसहित पौडेल निर्वाचित भएका हुन् ।

यस्तै नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले प्रदेशतर्फको सातहजार ७७६ र संघतर्फको सातहजार ७४२ गरी कुन १५ हजार ५१ मतभार पाएका छन् ।

पौडेल संघीय लोकतानित्रक गणतन्त्र नेपालको राष्ट्रपतिमा चौथो कार्यकालका लागि तेस्रो व्यक्ति निर्वाचित भएका हुन् ।अहिले कायम रहेकी राष्ट्रपति विद्या भण्डारीले दुई कार्यकाल राष्ट्रपति सम्हालेकी हुन् ।

मुलुकको प्रथम राष्ट्रपति नेपाली कांग्रेसका तत्कालिन महामन्त्री डा. रामशरण यादव बनेका थिए ।