धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई ओखलढुङमा सोमवार कालो झण्डा देखाउँनेहरुलाई मुख्यमन्त्रीको गाडीको झण्डा लगेको भनि झुट्टा मुद्दा लगाउने प्रहरी, प्रशासनले धम्की दिएको तथा कालो झण्डा देखाउँदा प्रहरीले गरेकोको प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भर्त्सना गरेको छ । 
विराटनगरमा कोशी प्रदेश खारेजीको माग गर्दै मुख्यमन्त्री कार्यालय अघि वृहत् प्रदर्शन भइरहेको बेला आइतबार मुख्यमन्त्री कार्की ओखलढुङ्गा पुगेका थिए । त्यहाँ पनि आन्दोलनकारीले उनलाई कालो झण्डा देखाउनका साथै सडकमा धर्ना बसेर अवरोध गरेका थिए । यसै क्रममा सोमवार आन्दोलनकारीले कालो झण्डा देखाएका थिए । 
उक्त घट्नामा प्रहरीले लछार, पछार गरी दमन गरेको समितिले जनाएको छ । त्यस लगत्तै संयुक्त सङ्घर्ष समितिका घटक संस्था नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला अध्यक्ष नेत्र नेम्वाङ, सचिव दीपेन्द्र रुम्दाली, किरात राई यायोख्खा पूर्व केन्द्रीय उपमहासचिव धिरेन्द्र रुम्दाली, ओखलढुङ्गा अध्यक्ष थगेन्द्र राई, सचिव तराहाङ राई, शेर्पा सङ्घ, किरात वायुङ राई सुम्निखिमलाई प्रहरी प्रशासनले मुद्दा लगाउने धम्की दिएको संयुक्त सङ्घर्ष समितिको प्रेस विज्ञप्तिमा उल्लेख छ।
विराटनगरमा भएको प्रदर्शनमा प्रहरी दमनबाट आन्दोलनकारीहरू आलोक चाम्लिङ, रमेश राई, विशाल राई र दुर्गा राई घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ। यसअघि फागुन २८ गते प्रदेश बन्दका बेला तरहरामा भएको प्रहरी हस्तक्षेपको घट्नामा किरात राई यायोख्खाका अगुवा नागेश चन्द्र राई घाइते भएकोमा उक्त घट्नाको भर्त्सना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
CM-kalo-jhanda-dhamki