धरान : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शुक्रबार विस्तार गरेको मन्त्रिपरिषदमा सुनसरी–१ बाट संघीय प्रतिनिधि सभा सदस्य अशोक राई वरियताको पाँचौ नम्बरमा रहेका छन्।

उनले विस्तारित मन्त्री परिषदमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको शपथ लिएका हुन् । १७ सदस्यीय मन्त्री परिषदमा प्रधानमन्त्री दाहालपछि दोस्रो वरीयतामा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का छन्।् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतामा रहेका छन् । चौथो वरियतामा डा.वेदुराम भूसाल कृषि तथा पशुपंछी विकास मन्त्री रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र,  वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्रालय आफैसँग राखेका छन् । 

राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तीमा मन्त्री परिषदको वरियता क्रम यस्तो छ :

mantri-protaocal