इटहरी : बिराटनगर महानगरपालिकाले सडकमा पार्किङ निशेध गरिएको भन्दै प्रदेश सांसद केदार कार्कीले आपत्ति जनाएका छन् । भारतको जोगबनीका व्यापारी सँग मिलेमतो गरेर महानगरले तर्साएको आरोप लगाएका हुन् ।

केहि दिनदेखि महानगरले व्यस्त बजार क्षेत्रको सडकमा पार्किङ निषेध गरेको छ । पार्किङ निषेध गरिएको बिषयमा व्यापारीहरु आन्दोलित बनेका छन् ।

बुधबार फेसबुक मार्फत कार्कीले लोकतन्त्रमा संवाद हुने तर सामन्त पारा नहुने बताएका हुन । महानगरपालिकाले जनप्रतिनिधिको भन्दा मालिकको शैली अपनाएको कार्कीले आसय व्यक्त गरेका छन् । 

उनले भनेका छन् "लोकतन्त्रमा तर्साउने होइन । व्यापारी तर्साएर बजार हुन सक्दैन । यो जोगबनीको व्यापारी सँग मिलेर बिराटनगरका व्यापारी तर्साएको देखिन्छ I"

कार्कीले यसअघि "संसारमा कुन सहरको बजारमा सडक रहेन छ  ?" भन्दै प्रश्न गरेका छन् ।