धरान : लिम्बु जातीको थरगत संस्था हुक्पा चोङबाङ कल्याण सङ्घको अध्यक्षमा मोहनकुमार हुक्पाचोङवाङ सर्वसम्मत निर्वाचित भएका छन् । उनी किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला समितिका अध्यक्ष पनि हुन् ।

हिजो शनिवार अबेर राती सम्पन्न भएको सङ्घको तेस्रो राष्ट्रिय अधिवेशनले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । मोहनकुमारको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति पनि निर्विरोध चयन भएको छ । 

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरू मदनकुमार हुक्पा चोङवाङ, गजेन्द्र हुक्पा चोङवाङ, सन्तोष हुक्पा चोङवाङ, महासचिवमा भगत हुक्पा चोङवाङ, सचिवत्रय देवराज हुक्पा चोङवाङ, अशोक हुक्पा चोङवाङ, सन्तोष हुक्पा चोङवाङ, कोषाध्यक्ष मान बहादुर हुक्पाचोङवाङ चयन भएका छन् ।

सदस्यहरूमा सुकमाया हुक्पा चोङवाङ, दीपक हुक्पा चोङवाङ, गोविन्द हुक्पा चोङवाङ, तेजबहादुर हुक्पा चोङवाङ, बौद्धमान हुक्पा चोङवाङ, ललितचन्द्र हुक्पा चोङवाङ, सुरेश हुक्पा चोङवाङ, आइतराज हुक्पा चोङवाङ रहेका छन् ।

थप २ सदस्य कार्यसमितिको बैठकबाट मनोनयन गरी २१ सदस्यीय कार्यसमिति कायम हुने महासचिव भगत हुक्पा चोङवाङले जानकारी दिएका छन् ।