वराहक्षेत्र : अस्पतालका प्रबन्धक समेत रहेका डाक्टर अनिल गिरी र पूर्व कार्यालय प्रमुख स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु थापाले चतरा अस्पतालले स्थापना गरेको परोपकार कोषमा १० लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
बुधवार अस्पतालको ५०औँ वार्षिकोत्सव एवम् स्वर्ण जयन्ती कार्यक्रममा डाक्टर गिरी र डाक्टर थापा दम्पती १० लाखको चेक अस्पतालका संरक्षक नगर प्रमुख रमेश कार्की र व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं.२ का अध्यक्ष होमप्रसाद गौतमलाई हस्तान्तरण गरेका छन् ।
तत्कालीन अस्पतालका व्यवस्थापन समितिले स्थापना गरेको उक्त परोपकार कोषबाट अस्पतालमा आवश्यक उपकरण र विपन्न परिवारकालाई स्वास्थ्य बिमा गर्ने गरिएको छ ।
त्यस्तै वराहक्षेत्र ६ चक्रघट्टिमा रहेको न्यु सङ्गीता मेडिकलका सञ्चालक सुरेन्द्र प्रसाद गुप्ताले अस्पताललाई१० लाख बरावरको उपकरण हस्तान्तरण गरेका छन्।
गुप्ताले अस्पतालमा डेन्टल र फिजियोथेरापी उपकरण उपलब्ध गराएका थिए । यस अगाडि पनि उनले अस्पतालमा सेवाग्राहीहरूलाई कुर्सी उपलब्ध गराएका थिए । गुप्तालाई अस्पतालले बुधवार स्वर्ण जयन्तीको अवसरमा सम्मान समेत गरेको छ ।