धरान : सङ्खुवासभाको किमाथांका इलाका प्रहरीका प्रहरी सहायक निरीक्षक जनकबहादुर धानुक र सोलुखुम्बु स्थित दिङबोचे अस्थायी प्रहरी चौकीका प्रहरी हवलदार लुलिन्द्रकुमार तिमल्सिना चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी हवलदार तिमिल्सिनाले हिमपातमा बेपत्ता भएका जापनिज नागरिकको खोजतलास गरी ५ हजार १ सय मिटर उचाइ स्थित पासाङल्हामु-४ खुम्बिलापासमा मृत अवस्थामा शवको उद्धार गरेका थिए ।

सहायक निरीक्षक धानुकले भोटखोला-१ किमाथाङ्का स्थित निषेधित क्षेत्रमा प्रवेश गरेका दुई जना चिनिया नागरिकलाई नियन्त्रणमा लिएका थिए ।

प्रहरीद्वयले जोखिमपूर्ण उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा उनीहरूले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०७९ साल चैत महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।