वराहक्षेत्र : वराहक्षेत्र - १ स्थित चावचामा खानेपानी ल्याउन वराहक्षेत्र नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ । आइतबार बसेको नगरपालिकाको कार्यपालिकाको बैठकले चावचामा पानी ल्याउन स्थानीयवासीको सहयोग लिएर श्रमदान गर्ने निर्णय गरेका थिए ।

करिब ३५ घर रहेको चावचामा खानेपानीको समस्यालाई समाधान गर्न नजिकैको दूधपानी खोलाबाट पानी ल्याउन स्थानियले माग गरेपछि बुधवार बिहान नगरप्रमुख रमेश कार्की स्थानीयवासीको सहयोगमा जनप्रतिनिधि र कर्मचारीहरूको टोली सहित पाईप लिएर खोलाको मुहान पुगेका थिए ।

गाउँभन्दा करिब ३ किलोमिटर टाढा रहेको खोलाको मुहानबाट पानी आउने भएपछि स्थानिय खुसी भएका छन् । "सफा पानी हैन पर्याप्त पानी" को माग गर्दे आएका स्थानियको वर्षौको योजना नगरप्रमुख कार्कीले पूरा गरी दिएको स्थानिय गोपाल दाहालले बताए ।

अहिले खोला, खोल्सिको पानी संकलन गरेर पानीको जोह गर्दै आफ्नो आवश्यकता पूरा गर्दै आएको र दुःख बुझेर चावचावासिको माग पूरा गर्ने अभियानमा नगरप्रमुख सहित वडाध्यक्षहरू, जनप्रतिनिधिहरू लागि परेर पानी ल्याउने कार्यमा अर्को स्थानिय कृष्ण भण्डारी बताउँछन् ।

चावचावासिले खानेपानीलाई एक सूत्रीय माग गर्दै आए पनि, त्यो माग पूरा हुन सकेको थिएन् । पहाडी भू-भाग, सुख्खा ठाउँ भएकाले पानीको श्रोत पर्याप्त नहुँदा स्थानीहरूलाई पानीको समस्याले गाजेको थियो ।

तर करिब ३ किलोमिटर दूरीमा रहेको दुधपानी खोलाबाट गाउँमा पानी ल्याउने योजनाको नगरप्रमुखले नेतृत्व गरेपछि स्थानीयलाई ठुलो राहत पाएको स्थानिय संन्तोष दाहालको भनाई छ ।

barahachetra pani1

वराहक्षेत्र नगरपालिकाको वडा नं १ मा चावचामा जस्तै केही गाउँमा खानेपानीको समस्या भएकोले यसलाई पनि श्रमदानको माध्यमबाटै समस्या समाधानको योजना बनाइने नगरप्रमुख रमेश कार्कीको भनाई छ।

कार्यपालिकाबाटै निर्णय गरेर श्रमदानकोअभियान सुरु गरेका चावचामा पानी ल्याउन जनप्रतिनिधिको भत्ता र कर्मचारीहरूको केही दिनको तलवबाट पाईप खरिद गरी श्रमदानको माध्यवबाट काम भएको नगरप्रमुख कार्कीले बताए ।

काकाकुल अवस्थामा रहेको चावचावासिको समस्यालाई समाधान गर्न नगरपालिकाले लागे परेको यसले चावचाबासिलाई राहत मिल्ने उप-प्रमुख नन्दकुमारी सुनुवारको भनाई छ । दुधपानी खोलाको पानी चावचा ल्याउने स्थानीयवासिको मागलाई पुरा भएपछि स्थानिय खुसी भएका छन् ।