इटहरी : भिभो मोबाइलको V-27 सिरिज बजारमा आएको छ । इटहरीको इन्टुरिस्ट होटेलमा पूर्वी क्षेत्रको लागी V-27 सिरिज सार्वजनिक गरिएको हो ।

४६०० एमएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्ज रहेका V27(5G) र V27(e) दुई मोडेल बजारमा आएका छन् ।

फोटो/ भिडियोको लागि वातावरण अनुसारको लाइटिङ्ग मिलाउने गरी औरा लाइट प्रोजेक्ट सिस्टम रहेको V-27 सिरिज उत्कृष्ट मानिएको छ ।

भिभो मोबाइलको पूर्वी क्षेत्र प्रमुख निमेष घिमिरेका अनुसार नयाँ विशेषता सहित उच्च गुणस्तरको क्यामेरा फोन सार्वजनिक भएको हो । फोटोग्राफी तथा भ्लगरहरुको लागि भिडियो बनाउन सहज हुने एप्लिकेसन समेटिएको छ ।

घिमिरेका अनुसार विश्वभर ४० करोड प्रयोगकर्ता रहेको भिभोले ६० देशमा बजार विस्तार गरेको छ । नेपालको मोबाइल बजारमा तेस्रो स्थानमा रहेको पूर्वमा दोस्रो २२ बजार ओगटेर दोस्रो नम्बरमा रहेको उनले बताए ।

मे ८ देखि १४ तारिख सम्म अग्रिम बुकिङ गर्न सकिने घिमिरेको भनाइ छ । अग्रिम बुकिङ गर्दा कार्ड भरेर ३००० एडभान्स दिनुपर्ने उनले सुनाए । हाल V27(5G)  लाई ५८९९९ र V27(e) लाई ४१९९९ बजार मूल्य राखिएको छ ।

भिभो मोबाइलका थोक बिक्रेता रोहित कार्की भिभो मोबाइलमा कुनै पनि गुनासो नआउने गरेको बताए । सामान्यत प्रयोगकर्ताको कारण डिस्प्लेमा समस्या आउने गरेको र सर्भिस सेन्टर मार्फत बेलैमा सेवा पाउने गरिएको उनको भनाइ छ । समयअनुसार परिष्कृत बन्दै गएको भिभोले क्रेता र बिक्रेता सबैको ध्यान तानेको सुनाए ।