इटहरी : नेपाल प्रेस युनियन सुनसरी जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ । शनिबार इटहरीमा सम्पन्न नवौँ अधिवेशनले ध्रुव ढकालको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा मिकाईलआलम र निशान प्रकृति थारु सर्वसम्मत चयन भएका छन् । सचिवमा बाबुराम कार्की, सहसचिवमा शुभेच्छा कार्की र कोषाध्यक्षमा मातृका प्रसाद नेपाल चयन भएका छन् ।

खुल्ला सदस्यमा मनोज दाहाल, बिरेन्द्र साह, सुविन विश्वकर्मा, पारस राई, संगम विष्ट, पिएमणी भट्टराई, रोहित राई, रञ्जित सरदार, लक्ष्मण थापा र नबिन राउत सर्वसम्मत भएका छन् । महिला सदस्यतर्फ सविना पोखरेल, सरस्वती थारु, मेनुका डुम्जन र श्वेता सरदार थारु चयन भएका छन्  । अस्मिता चौधरी, नसिम अन्सारी र मुनाफ हसन सदस्य रहेका छन् ।

पूर्व सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेको अधिवेशनको खुल्ला सत्रमा सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव आएको थियो । पूर्व मन्त्री कार्कीले सबैले समय अनुसार अवसर पाउने भन्दै त्यागले नेता बनाउने बताए ।

निवर्तमान अध्यक्ष पवन अधिकारीले आफ्नो कार्यकालमा भएका कामको निरन्तरता दिन सुझाव दिए । सङ्गठन भित्र गुटबन्दी  नगर्न आग्रह गर्दै उनले मिलेर जाने वातावरण बनाए सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

नवनिर्वाचित अध्यक्ष ढकालले सबैलाई समेटेर जाने प्रतिबद्धता जनाए । काम गर्ने पत्रकारको पक्षमा अनवरत लागिपर्ने बताउँदै उनले जस्तोसुकै धाक-धम्की आए पनि प्रेस युनियन संरक्षण गर्न तयार हुने धारणा राखे ।

केन्द्रिय प्रतिनिधि दामोदर दवाडी र प्रदेश प्रतिनिधि शारदा तामाङले सर्वसम्मत चयन भएको पत्रमा हस्ताक्षर गरेका छन् ।

press-union1

press-union2