धरान : कोशी नाम खारेजी, पुनः नामकरणको आन्दोलनकारीलाई प्रदेश सरकारले विज्ञप्ति मार्फत वार्तामा बोलाएको छ तर संयुक्त सङ्घर्ष समिति वार्तामा जाने बारेमा कुनै सार्वजनिक विज्ञप्ति भने आएको छैन ।

यसबिच संयुक्त सङ्घर्ष समितिको आन्दोलन तयारी भने जारी छ । वार्ता भए पनि दबाबकालागि आन्दोलनका तयारी जरुरी भएको एक अगुवाले बताए ।

आन्दोलनको तयारीकै क्रममा मंगलबार धरानमा किरात राई चाम्लिङ खाम्बातिमका केन्द्रीय सदस्य राजु के राईको संयोजकत्वमा ६३ सदस्यीय 'पहिचानको लागी युवा' समिति गठन भएको छ।

किरात राई यायोक्खाका केन्द्रीय महासचिव तथा 'पहिचानको लागी युवा' परिचालन समितिका संयोजक भीम राईको उपस्थितिमा युवाहरूको समिति बनेको हो ।

समितिमा ३ सदस्यीय सह-संयोजक आइतराज थोप्रा, उद्धव लिम्बु र करुण राई रहेका छन् । सचिवमा सागर सरगम चेम्जोङ, सह-सचिवहरू डेबिट सुब्बा, उपार्जन राई र विनीता लिम्बु, छन् ।

कोषाध्यक्षमा ज्ञान प्रसाद राईलाई चयन भएका छन् भने प्रचार प्रसार विभागमा किरात राई पत्रकार सङ्घ सुनसरी रहेको छ ।

समितिमा प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संर्घष समितिमा आबद्ध किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लिम्बुवान मञ्च लगायतका ६५ वटा घटकबाट युवाहरूलाई चयन गरिएको मूल समितिका संयोजक भीम राईले बताए ।

उनका अनुसार केन्द्रमा १ सय ५१ सदस्यीय ‘पहिचानका लागी युवा परिचालन समिति’ गठन गरिएको छ । केन्द्रमा भीम राईकै नेतृत्वमा १ सय ५१ सदस्यीय पहिचानका लागि युवा परिचालन कमिटी गठन भएको छ हो ।

संयोजक राईले जिल्ला स्तरमा सुनसरीमा पहिलो समिति गठन भएको हो । अब १४ वटै जिल्लामा युवा समिति गठन हुने बताए । यसैगरी पालिका तथा वडा स्तरसम्म नै समिति गठन गरिने उनको भनाई छ ।

युवाहरूले कोशी प्रदेश नाम खारेजी आन्दोलनलाई व्यवस्थित र अनुशासित ढङ्गले अगाडी बढाउन र सरकारलाई दबाब सिर्जना गर्नेछ । समितिले दैनिक रूपमा हुने प्राकृतिक प्रकोप, सामाजिक र राजनैतिक रूपमा हुने घटना र भष्टाचारको विरुद्धमा पनि खबरदारी गर्ने बताइएको छ ।

pahichan-ko-lagi-yuwa-2