धरान : प्रदेशको नाम कोशी खारेजी र पूनः नामाकरणको आन्दोलन चलिरहेको बेला राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान सहित ७ पार्टीका संयुक्त मोर्चाले जिल्ला समिति गठन गरेको छ ।

यसअघि लिम्बुवान स्वायत्त राज्य सहितको बहुराष्ट्रिय राज्यको लागि ७ पार्टीको संयुक्त मोर्चाको घोषणा गरिएको थियो ।

सातै पार्टीका केन्द्रीय पदाधिकारीको उपस्थितिमा बुधवार धरानमा आयोजित सभामा सुनसरी जिल्ला संयुक्त मोर्चा समिति घोषणा गरिएको हो ।

मोर्चामा सामेल घटकहरूका प्रतिनिधि सामेल रहेको जिल्ला मोर्चाको सुनसरी संयोजक श्याम भुजेल रहेका छन् । सहसंयोजकहरुमा याम आङबुहाङ, संगीता श्रेष्ठ, विधान नाल्बो र सुवास खम्बु छन् ।

सचिव सिताराम राई, सहसचिव लक्ष्मी मादेन, कोषाध्यक्ष अनाम श्रेष्ठ र सहकोषाध्यक्ष मोहन नम्वाङ रेका छन् ।

सदस्यहरू दिपक राई, राज राई, पर्वत सम्बाहाङफे, विमन लिम्बु, सिमन लिम्बु, कल्पना याख्खा, सञ्जु खापुङ, दिपराज खिम्दुङ, सिता नेपाली, सागर राई, उत्तम राई, टिका साम्पाङ, चिरञ्जिवी साम्पाचङ र शुक्र हाङश्रोङ रहेका छन् ।