धरान : नेपाली काँग्रेस सुनसरी-१ र धरानमा पछिल्लो समय पार्टीमा रूपान्तरणको कुरालाई निकै जोड दिएर चर्चामा ल्याउन खोजिएको देखिन्छ । तर ‘मुखले रूपान्तरण भनेर नथाक्ने नेतृत्व आफू चाहिँ कहिल्यै नसकेको कारण सहकार्य गर्न नसक्ने अवस्था रहेको’ उल्लेख गर्दै सुनसरी-१ प्रदेश सभा (ख) का पार्टी सचिव विजय घिमिरेले लिखित राजीनामा दिएका छन् ।
यसअघि उनले सामाजिक सञ्जाल मार्फत क्रियाशील सदस्य मात्र रहने गरी प्रदेश क्षेत्रीय समिति सचिव सहित काँग्रेसको कुनै पनि पदीय दायित्व नरहेको जानकारी गराएका थिए । पछिल्लो समय ‘काँग्रेसमा रूपान्तरण’ को चर्चा चलिरहेको बेला उनले लामो लिखित राजीनामा पत्र बुझाएका हुन ।
रूपान्तरणको चर्चाहरूमा काँग्रेसमा तल्लो तहका कार्यकर्ता सँग पार्टीको सम्पर्क टुटिसकेकाले अब आम कार्यकर्ताको कुरा सुन्ने, उनीहरूको सुझाव अनुसार पार्टी रूपान्तरण गर्ने भनाई आइरहेको बेला घिमिरेले पत्रमा उल्लेख गरेका कुरा सान्दर्भिक छन् ।
पत्रमा भनिएको छ ‘केन्द्रीय पदाधिकारीको कारण पार्टीको यो अवस्था भयो भनेर नथाक्ने स्थानिय नेतृत्व समेत चरम गुटबन्दीमा लागेर अब सुध्रिनु विकल्प छैन भन्दै आफू अनुकूलका व्यक्तिलाई विभिन्न निकायमा मनोनयन, सिफारिस गर्दै बसेको छ ।’
केन्द्रीय नेतृत्वले टिकट वितरणमा गलत गरेको भन्ने स्थानिय नेतृत्व आफै वडा तहको वितरण गर्दा आम कार्यकर्ताको भावना माथि खेलेर कसरी आफू अनुकूलको व्यक्तिलाई टिकट वितरण गर्छ घाम जस्तै छर्लङ्ङ छ ।
टिकट वितरण क्षमता, योग्यता र योगदान भन्दा आसेपासेलाई वितरण गर्ने पद्धतिले पार्टीको शाख निरन्तर खस्किरहेको छ ।
धरान भित्रका वडा कार्यसमिति अधिवेशनबाट निर्वाचित भएको भए पनि प्रत्येक वडा एक एक जना आफू अनुकूलको व्यक्तिलाई ठेक्का लगाएको जस्तो देखिन्छ र महत्त्वपूर्ण निर्णयमा सोही व्यक्ति हाबी हुने गर्दछ ।
प्रदेश सभा क्षेत्रीय सचिव निर्वाचित भई कार्य गर्दै आएकोमा नेपाली काँग्रेस नेतृत्व पङ्क्तिमा आएको विचलन, टिकट वितरणमा भएको बेथिति लगायत पार्टीमा भएका कैयन बेथिति विरुद्ध पटक पटक आवाज उठाउँदा समेत सुनवाइ भएन ।
नेतृत्वको गलत कार्यको फड्कै किनाराको साक्षी जस्तो बनेर आफ्नो कुराको सुनवाइ नहुने नाम मात्रको सचिव पदबाट सचिव पदबाट राजीनामा गरी मेरो वैचारिक अडानका कारण काम गर्न अप्ठ्यारो परेको कार्यसमितिलाई सहज होस भनी माग प्रशस्त गरेको छु ।
पत्रमा लेखेका छन् ‘बिपीले भन्नु भए झैँ देश, काल, परिस्थिति र आम जनताको मनोभावना बमोजिम परिवर्तन हुन नसकेको आफ्नै कार्य समिति र माथिल्लो निकाय सँग सहकार्य गर्न नसक्ने अवस्था’ काँग्रेसमा सिर्जना भएको छ ।
Bijaya-Rajinama