धरान : नेपाली काँग्रेसले सुनसरी-१ क्षेत्रीय समिति पुनर्गठन गरिएको छ ।
सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बुधवार बसेको बैठकले समिति पुनर्गठित गरेको हो ।
यसअघि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टी पराजय भएपछि सभापति तामाङले निर्वाचित पदाधिकारी, सदस्य बाहेक पार्टीको कार्यसमिति विघटन गरेका थिए ।
निर्वाचित २३ सदस्यीय समितिमा ५२ जना मनोनीत गरी नयाँ कार्यसमिति कुल ७५ सदस्य रहेको जम्बो समिति बनेको छ ।
क्षेत्रीय सचिव, प्रवक्ता केशव पुरीका अनुसार समितिमा मनोनीत, आमन्त्रित सदस्य र सल्लाहकारहरू थपिएका हुन ।
पुनर्गठनमा कार्यसमिति सदस्यहरूमा मुकेश थापा, पदम सुन्दर लिम्बु, पेम्वा तामाङ, गम्भीर दाहाल, तिलक बहादुर कार्की, रामबहादुर मगर, दिनेश श्रेष्ठ, रेखा लिम्बु, आशिष तामाङ, महेन्द्र तामाङ, धनगोपाल राई, गोपाल कार्की र सुमन श्रेष्ठ मनोनीत भएका छन् ।
त्यसैगरी अन्य सदस्यहरूमा योगेश थपलिया, प्रदीप थापा, सुरेन्द्र श्रेष्ठ, मनिष खड्गी, ध्रुव गिरी, राजेन्द्र राई, कमला वि.क. रुचाल, ढुण्डीराज ढकाल, दुर्गा देवी अधिकारी, कमल भट्टराई, भवानी ओझा, विनोद तिमिल्सिना, विष्णु श्रेष्ठ (सुन्दरी), विष्णु बराल, राजेश तामाङ, नवराज श्रेष्ठ, कृष्णबहादुर कार्की, अशोक शाह, नर्मदा पौडेल, शेखर कार्की, शिव राई, शङ्कर विष्ट, चन्द्र बहादुर लिम्बु, मदन राई, कैलाश अग्रवाल, रवीन्द्र राई, प्रदीप देवान रहेका छन् ।
यस्तै तारा लामा, शारदा प्रसाद भट्टराई, गोविन्द सुवेदी, सुरज अधिकारी, राजकुमार तामाङ, हरिबहादुर राई, सूर्य राई, गङ्गा सिटौला नेपाल, शोभा सुनुवार, लोकेन्द्र खड्का, दामोदर श्रेष्ठ, गोकुल बराल, दिलीप श्रेष्ठ, राम बुढाथोकी, विकास श्रेष्ठ, सङ्गीता वाहिङ राई, लक्ष्मी घिमिरे, रुपा राई, पुष्पा लिम्बु, विनोद मानन्धर र पुकल खापुङ क्षेत्रीय समिति सदस्य बनेका छन् ।
सल्लाहकारहरुमा हरिनाथ बास्तोला, गिरिराज आचार्य, भीष्म काफ्ले, उमा बास्तोला, मिना पुलामी, बुद्धि कटवाल, मदन ढकाल, नगेन्द्र ढुङ्गेल, सुरेशमान श्रेष्ठ, हेमलाल लिम्बु, डा. गोविन्द सुब्बा, डा.आनन्द आचार्य, डा. चन्द्र सुब्बा, राज विमल श्रेष्ठ रहेका छन् ।
साथै सन्तोष सापकोटा, प्रभु श्रेष्ठ, हिरा उदास, कृष्णप्रसाद सुवेदी, चन्द्रप्रसाद श्रेष्ठ, राज दीप लामा, पदम लिम्बु, प्रेम पौडेल, कर्ण बहादुर कार्की, अमृत धमला, बलराम थापा, प्रेम थापा,  पूर्ण सुवेदी, डा.गोपाल भण्डारी, समर बम्जन, हर्ष सुब्बा, रतनप्रसाद राई, राजकुमार थोप्रा सल्लाहकार रहेका छन् ।
यस्तै सल्लाहकारमा सचित शर्मा, नरकुमारी लिम्बु, टङ्क राना मगर, उर्मिला प्रधान, सरिता सुब्बा, गोविन्द बस्नेत, कमल पोखरेल, काशीराम चौधरी, रामराज महत, शिशाम्वर झा, शिवनारायण शाह, दिलकुमारी राई, जमुना मोक्तान, मोहन बराल, विष्णुकुमार सिंह, पदम लिम्बु मनोनीत भएका छन् ।
पूर्ण पाख्रिन, श्यामसुन्दर तामाङ, राजकुमार भुजेल, मनोहर सुब्बा, कुमार मोक्तान, लक्ष्मण थापा, विशाल श्रेष्ठ, विजय श्रेष्ठ, महेशमोहन पलिखे, श्याम कुमार श्रेष्ठ, राजेन्द्र शाह, दिलीप भण्डारी, गोपाल अछामी, राम परियार, राज दीप गुरुङ, रत्न रिमाल, शोभा बराइली, हेमकुमारी विश्वकर्मा, शैलेन्द्रकुमार श्रेष्ठ, गोकुलप्रसाद श्रेष्ठ, लड्डु प्रसाद शाही, श्याम प्रसाद ढकाल,  निर्मला गुरुङ, परशुराम अधिकारी, लक्ष्मीराम कार्की, भरतनारायण चौधरी, भीष्मराज महत सल्लाहकार भएका छन् ।
यस्तै ओमकुमार शर्मा, राजु तामाङ, भैरवमान श्रेष्ठ, विश्वराज भण्डारी, राम विष्ट,  दीपक नारायण धामी, सुरेश श्रेष्ठ, पुष्प ढकाल, किरण अग्रवाल, अनिल अग्रवाल, जयप्रकाश शर्मा, मनोज घिमिरे, अजय राई, रमेश थापा, बलराम भट्टराई सल्लाहकार मानोनित भएका छन् ।
यसैगरी माधव गोविन्द श्रेष्ठ, परेस खतिवडा, रुद्र न्यौपाने, मनोज शाक्य, विरु श्रेष्ठ, राजु थापा, विनोद सुवेदी, विनोद नेपाल, वासु बराल, सुरज श्रेष्ठ, उपेन्द्र श्रेष्ठ, राजीव श्रेष्ठ, मोती अग्रवाल र लक्ष्मीराम कार्की सल्लाहकार रहेका छन् ।
उक्त बैठकले क्षेत्रीय कार्यसमिति र प्रदेशसभा १(१) तथा १(२) को सम्मेलन संयुक्त रूपमा आयोजना गर्ने निर्णय गरेको छ । असार २९ र ३० गते हुने संयुक्त सम्मेलनमा काँग्रेस महामन्त्री गगन थापा प्रमुख अतिथिका रूपमा आउने बताइएको छ ।
यसअघि असार १८ गते मन्दिर, मस्जिद, चर्च र गुम्बाको सररसफाई, १९ गते ब्याडमिन्टन प्रतियोगिता, २० गते पत्रकार महासङ्घ र पार्टीबिच मैत्रीपूर्ण फुटबल र २२ गते ५ किलोमिटर  म्याराथुन प्रतियोगिता आयोजना गरिने पार्टीले जनाएको छ । संयुक्त सम्मेलनको अवसरमा पार्टीले स्मारिका प्रकाशन गर्ने तयारी पनि थालिएको बताइएको छ ।congress-samiti