इटहरी : ग्लोबल आइएमई बैंक इटहरी शाखामा प्रहरीले पहरा दिएको छ । इटहरीका व्यापारीहरूले बैंक अगाडि आन्दोलन र धर्ना गरेपछि प्रहरीले सुरक्षा बढाएको हो ।

आइतबार शुभलक्ष्मी ज्वेलर्समा हातहतियार सहित कर्मचारी खटाएर आतङ्कित बनाएको विरोधमा आज इटहरी उद्योग वाणिज्य संघले बजार बन्दको आह्वान गरेको छ । इटहरीको विराटनगर लाइनमा रहेको शुभलक्ष्मी ज्वेलर्समा खटिएको बैंकको टोलीले आतङ्कित बनाएको विरोधमा उवासंघ इटहरी आन्दोलनमा उत्रिएको हो ।

आन्दोलनकै क्रममा इटहरीका विभिन्न बैंकमा पुगेर बैंकको अत्याचार बन्द गर्न आह्वान गरेको छ । आर्थिक मन्दीले व्यापार व्यवसाय चौपट भएको बेला बैंकले अमानवीय र ज्याजतीपुर्ण व्यवहार गरेको उवसंघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए । धाकधम्की दिने र असभ्य व्यवहार देखाएको विरोधमा आन्दोलन गर्नुपरेको उनले जानकारी दिएका छन् ।

आइतबार ज्वेलर्सका सरसामान जफत गर्ने प्रयास गरेको बैंक लामो समय गलफती गरेपछि फिर्ता भयो । समयमै ऋण नतिरेको भन्दै बैकले लिलामी प्रक्रिया अगाडी बढाइसकेको छ । बैंक लिलामी प्रक्रियाकै क्रममा सामान जफत गर्न बैंक ज्वेलर्स पुगेको थियो ।global ime