विराटनगर : लागुऔषध दुरुपयोग ओसारपसार  विरुद्ध अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२३ को अवसरमा सचेतना मूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

'लागुऔषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता  व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता' भन्ने मूल नाराको साथ कोशी प्रदेश प्रहरी कार्यालय लगायत जिल्ला प्रहरी कार्यालयहरूले विभिन्न संघ संस्थासँगको समन्वयमा लागुऔषध सम्बन्धी सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरेका हुन् ।

मोरङको विराटनगर महानगरपालिका-३ स्थित पोखरिया माध्यमिक विद्यालयको सभाहलमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको प्रमुख अतिथ्य तथा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख राजेशनाथ बास्तोलाको विशिष्ट अतिथ्यमा सञ्चालन भएको कार्यक्रममा  लागूऔषध दुरुपयोग ओसारपसार विरुद्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी पर्चा पम्पलेट वितरण तथा लागूऔषध सम्बन्धी जनचेतनामूलक भिडियोहरू प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीका अध्यक्ष मिना जोशी, अन्य सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानिय तहका जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरू, विद्यालयका विद्यार्थीहरू तथा सञ्चार कर्मीहरूको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय लागुऔषध दिवसको अवसरमा कोशी प्रदेश अन्तरगत रहेका सबै जिल्ला प्रहरी कार्यालयहरूले आ-आफ्नो जिल्लामा लागुऔषध सम्बन्धी सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरेका छन् ।antarastriya lagu aausahd diwas 2