धरान :  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एमबिबिएस विद्यार्थीहरू विच चलिरहेको अभ्युदय स्पोट्र्स फेस्टको बास्केटबल प्रतियोगितामा डाक्टर्स महिला पुरुष र थर्ड इयर अभ्युदय महिला पुरुष दुवै टिम फाइनल प्रबेश गरेका छन् ।

उक्त टिम विच बुधबार हुने फाइनल खेलमा उपाधिको लागि प्रतिस्पर्धा हुने भएको हो ।

सोमबार भएको महिला तर्फको सेमी फाइनल खेलमा डाक्टर्स टिमले जुनियर फस्ट इयर टिमलाइ २४-० र थर्ड इयरले फस्ट इयर सिनियरलाइ ८-५ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष तर्फ डाक्टर्स टिमले फोर्थ इयर टिमलाइ ४०-२१ र थर्ड इयर अभ्युदयले फस्ट इयर सिनियरलाइ ३१-६ अङ्कले पराजित गर्दै फाइनल प्रबेश गरेको छ ।प्रतिस्पर्धात्मक खेलमा महिला डाक्टर्स टिमका सिवानी सैले शर्माले १०, थर्ड इयर महिला टिमका यमुना रोकाय ४, थर्ड इयर पुरुष तर्फ हार्दिक गोयल १० र डाक्टर्स टिमका भिषण राईले १५ अंक व्यक्तिगत जोडे ।

फाइनल खेल भने बुधवार साझ बिपी प्रतिष्ठानको बास्केटबल कोर्टमा हुनेछ ।

थर्ड इयर अभ्युदयको आयोजनामा भएको स्पोट्र्स फेस्टमा धरान बास्केटबल संघको प्राविधिक सहयोग रहेको छ ।

फेस्टमा क्रिकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड , अनलाइन गेम पबजी , सिओडी र फिफा गेम भइरहेको छ । बास्केटबलमा महिला र पुरुष तर्फ ६/६ टिम सहभागी थियो । फाइनल खेलको अघिल्लो दिन मंगलवार पुरुष तर्फ आयोजक अलस्टार बास्केटबल टिम विरुद्ध धरान भेट्रान बास्केटबल टिम र महिला तर्फ आयोजक अलस्टार र धरान बास्केटबल प्राविधिक टिम बिच मैत्रीपूर्ण खेल हुनेछ ।