धरान : कोशी प्रदेश खेलकुद विकाश बोर्डको सहयोगमा धरानमा सुनसरी क्षेत्र नम्बर १ प्रदेश सभा 'क' क्षेत्रीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता सरोकार समाज नेपालको आयोजनामा हुन लागेको हो। धरान-१३ स्थित अमर सेवा समाजको बहुदेश्यीय भवनमा हुने प्रतियोगिता असार १६ र १७ गते दुई दिन सञ्चालन हुनेछ । समाजद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दुर्गाबहादुर राईले प्रतियोगिता खेल ४ क्याटोगोरीमा हुने बताए ।

मेन्स डबल, लेडीज डबल, भेट्रान प्लस र अन्डर १७ समूह हुने प्रतियोगीताका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिने छ । मेन्स डबल र लेडीज डबल विजेतालाई नगद २० हजार रुपया, उपविजेतालाई १२ हजार र तेस्रो हुने टिमलाई ५ हजार रुपया प्रदान गरिने छ ।

भेट्रान ४५ प्लस विजेताले १५ हजार अन्डर १७ विजेता ६ हजार, उपविजेता १० हजार र ३ हजार तेस्रो हुने टिमलाई ४ हजार र २ हजार रुपया पुरस्कार प्रदान गरिने छ । नगद सहित विजेताहरूले ट्रफि मेडल पनि पाउने छन्।

प्रतियोगीतामा राष्ट्रिय खेलाडी वा ए श्रेणीका खेलाडीहरू र मेन्स डबलमा क्षेत्रीय राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीले भाग लिन पाउने छैनन्। सुनसरी-१ प्रदेश सभाका वडाहरूका खेलाडीहरूले वडा कार्यालयबाट बसोबासको सिफारिस ल्याउनु पर्नेछ ।