धरान : धरान रनको साप्ताहिक ३ किलोमिटर दौडको ५८३ औँ हप्ताको अवसरमा शनिवार धरान मेघा हिमालयन कलेजले ५ जना प्रतिभाशाली किशोर धावकहरूलाई स्पोर्टस जुत्ता प्रदान गरेको छ ।

दौडको समापनमा कलेजले उदयीमान धावक अर्पन राई, अमित मगर, सुजित विक, सुरेन राई र विपिन राईलाई स्पोर्टस जुता प्रदान गरेको हो ।

३ किमी दौंडको २० हप्ता पुरा गरेका आयुस तामाङ, ५० हप्ता दौड पुरा गरेका प्रज्वल तामाङ र सत्यहाङ राईलाई टिसर्ट प्रदान गरियो ।

धरान रनले आज शनिवारको दौडलाई ‘धरान मेघा हिमालयन कलेज ५८२ औ हप्ता रन’ नाम दिएको थियो । शनिवार बिहान देखि वर्षा भए पनि ५८२ औ हप्ता रनमा २ सय १९ जना दौडिएका थिए ।

धरान रनद्वारा हरेक शनिवार आयोजना हुने ३ किमी रनका सहभागी नियमित धावकहरूलाई प्रोत्साहित गर्न कलेजले दौडका लागि जुत्ता प्रदान गरेको हो ।

उनीहरूलाई धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्बु, धरान रनका अध्यक्ष रोमु राई, धरान रनका धाविका सविता राई र जमुना लिम्बुले प्रोत्साहन पुरस्कार प्रदान गरे ।

अध्यक्ष कैलाश लिम्बुले कलेजले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापलाई विशेष महत्त्व दिँदै आएको बताए ।