धरान : सुनसरी-१ प्रदेश सभा (ख) का वडा स्तरीय ब्याडमिन्टन प्रतियोगितामा लेडिज डबलमा  धनमाया लिम्बु  र इन्दिरा राई एवं मेन्स डबलमा मोहन तिलिङ र ज्योतीहाङ राई, भेट्रान ४५ प्लसमा सुरत लिम्बु र अमित गुरुङको जोडी विजेता बनेका छन् ।

सरोकार समाज धरानको आयोजनामा शुक्रवार भएको समापनमा लेडिज डबल विजेतालाई नगद १५ हजार, मेन्स डबल र भेट्रानका विजेतालाई २० हजार सहित मेडल र प्रमाणपत्र गरियो ।

धरान–१३ अमर सेवा समाजको बहुउद्देश्यीय भवनमा भएको ३ क्याटोगोरीको फाइनल प्रतियोगितामा लेडिज डबलमा दोस्रो स्थान लक्ष्मी तामाङ र मिलन राई प्राप्त गरे ।  याङला शेर्पा सम्झना राई र योगिता लिम्बु सृष्टि राई तेस्रो स्थानमा रहे ।

मेन्स डबलमा दोस्रो स्थान टेक चौहान र जीत बहादुर राईले हासिल गर्दै १० हजार प्राप्त गरे । अनिल राई, प्रदीप राई र लुकेन्द्र राई विजय राई तेस्रो स्थानमा रहे ।

भेट्रान ४५ प्लसमा दोस्रो स्थान गणेश राई र भन बहादुर राईले १० हजार रुपया प्राप्त गरे । सुरेश नियोहाङ ,लोकमान श्रेष्ठ र राजकुमार राई, नगेनद्र राई तेस्रो स्थानमा रहे ।

प्रमुख अतिथि प्रदेश नं. १ का पूर्व  मुख्यमन्त्री राजेन्द्र राईले सम्पूर्ण विजेता खेलाडीहरूलाई नगद पुरस्कार सहित प्रमाण पत्र र मेडल हस्तान्तरण गरेका थिए । प्रतियोगितामा ५६ टिम सहभागी थिए ।

समापनमा धरान १३ वडाध्यक्ष नेत्र काफले, इलाका प्रहरी नायव उपरीक्षक नवराज मल्ल, ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा, जिल्ला अध्यक्ष प्रतीक श्रेष्ठ लगायतको उपस्थिति थियो ।