धरान : होलिल्याण्ड कप प्रदेश स्तरीय अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको छात्र तर्फको उपाधि आयोजक होलिल्याण्ड इन्टरनेशनल स्कुलले चुमेको छ । छात्रा तर्फ विजेताको उपाधि टावर टेम्पल विद्यालय बिर्तामोडले चुमेको छ ।

आइतबार भएको फाइनल खेलमा होलिल्याण्डका छात्राहरूको टिमले ८-२ अङ्कले चिल्ड्रेन एकेडेमीलाई पराजित गर्दै विजेता बनेको हो । टावर टेम्पल बिर्तामोडका छात्रहरूको टिमले ३३-३२ अङ्कले होलिल्याण्ड स्कुललाई पराजित गर्दै विजेता बनेको हो ।

विद्यालय अध्यक्ष खगेन्द्रकुमार मेन्याङको सभापतित्वमा भएको समापन समारोहमा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नवराज मल्लले पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कार छात्र तर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा छात्रा तर्फ विजेतालाई ८ हजार उपविजेता लाई ५ हजार रुपया सहित ट्रफि, मेडल प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रतियोगितामा छात्र तर्फ बेस्ट स्कोर र मष्ट भ्यालुएवल प्लेयरको उपाधि टेम्पल टावरका नितेश बस्नेतले प्राप्त गरे । छात्र तर्फ राइजिङ प्लेयर होलील्याण्डका डोनिस सुनुवारले प्राप्त गरे ।

छात्रातर्फ होलील्याण्डकी दीक्षा राईले राइजिङ प्लेयर र मष्ट भ्यालुएवल प्लेयरको उपाधि तुमा लिम्बूले प्राप्त गरिन् ।

holyland-boys-winner