धरान : मोरङको बेलबारी, झापाको दमकबाट दुई महिला सहित ४ जनालाई आगुऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

झापाको दमक इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका-७ की ४२ वर्षीय रुपा प्रधानलाई ८ ग्राम  ब्राउनसुगर सहित बिहीबार नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेश प्रहरी र इलाका प्रहरी बेलबारीको संयुक्त टोलीले मोरङको सुन्दरहरैंचा-१० का २६ वर्षीय सुमन कोइराला र बेलबारी-३ की २५ बर्षीया ज्योति तामाङलाई १ ग्राम ७० मिलिग्राम ब्राउन सुगर  सहित पक्राउ गरेको छ ।

अस्थायी प्रहरी चौकी मङ्गलवारे मोरङको प्रहरी टोलीले रङ्गेली-२ का २३ वर्षीय विजय खवासलाई प्रतिबन्धित औषधि ट्रमाडोल २९० क्याप्सुल र स्पास्पेन २९० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरूको सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।