धरान : कोसी प्रदेशका १४ जिल्लामा आर्थिक वर्ष २०७९/०८० को एक वर्ष भित्र भएका कुल ८ हजार ७१९ वटा अपराधका घटना भई मुद्दा दर्ता गरिएकोमा २ हजार ७७३ मुद्दा फर्छ्यौट भएका छन् । त्यसबाट ५२ करोड भन्दा बढी राजश्व सङ्कलन भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले बुधवार पत्रकार सम्मेलनमा गरेको वार्षिक कार्य सम्पादन समीक्षा प्रगति विवरणमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरू बिच कार्य सम्पादन सम्झौता तथा प्रदेश प्रहरीद्वारा सञ्चालित सुरक्षा सुनिश्चितता अभियानले उक्त सफलता हासिल गरेको उनले बताए ।

नायव महानिरीक्षक बास्तोलाले भने ‘अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा उल्लेख्य सफलता हासिल भएको छ ।’

लागुऔषध नियन्त्रण कार्यान्वयनको अभियानमा एक वर्षको अवधिमा प्रहरीले ब्राउनसुगर २ केजी ७९ ग्राम ८४९ मिलिग्राम, लागुऔषध क्याप्सुल २७ हजार ६१८, एम्पुल १० हजार १७५ र औषधीहरू ३१७ क्याप्सुल जफत गरेको छ । गाँजा ५ हजार ८१५ केजी ४९२ ग्राम ७०० मिलिग्राम, अफिम २७ ग्राम ६८ मिलिग्राम जफत गरेको छ । १ हजार ७६३ रोपनीमा लगाएको ६ लाख ७५ हजार ३१४ बोट गाँजा नष्ट गरिएको छ ।

अपराध सम्बन्धी मुद्दा दर्ता भई कानुनी कारबाही तर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका १ हजार ४६६ जना पक्राउ गरी कारागार पठाइएको छ । उनीहरूबाट कुल ४ करोड २४ लाख १२ हजार ३२२ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।कारागार पठाइएको छ । उनीहरूबाट कुल ४ करोड २४ लाख १२ हजार ३२२ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

भन्सार चोरी निकासीमा १०० जना मानिस पक्राउ गरिएको छ । यसबाट २६ करोड ९८ लाख ३८ हजार ९ सय ८०  रुपैयाँ राजश्व सङ्कलन भएको छ । नदीजन्य पदार्थको दोहन गर्ने ७४ जना पक्राउ गरिएको छ । ३३३ वटा नदीजन्य उत्खनन, ओसार पसार गर्ने सवारी साधन पक्राउ गरी ३९ लाख २८ हजार ५ सय ३५ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

अवैध काठ चोरी निकासी गर्ने ३८ जना मानिस पक्राउ गरिएको छ । ५ हजार ९६१ क्यूविफिट काठ बरामद भएको छ । यसबाट १ करोड ३१ लाख ४५ हजार ३५७ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

ट्राफिक व्यवस्थापन तर्फ एक वर्षमा ट्राफिक नियम उलङ्घन गर्ने ३ लाख १ हजार ७४९ वटा सवारी साधनलाई कारबाही गरिएको छ । उनीहरूबाट २३ करोड ४८ लाख ६६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

प्रहरी कारबाहीबाट कोसी प्रदेशमा कुल ५२ करोड १७ लाख ७८ हजार ८ सय ७२ रुपैयाँ राजश्व सङ्कलन भएको प्रगति प्रतिवेदनमा उल्लेख छ । कोसी प्रदेश प्रहरीले साइबर अपराध, आत्महत्या न्यूनीकरण, ट्राफिक सचेतना, घरेलु हिंसा, महिला हिंसा, मानव बेचबिखन लागुऔषध दुब्र्यसन विरुद्ध जनचेतना अभियान जारी राखेको छ ।

गत: आर्थिक वर्षमा यस्ता ३६ हजार ८८१ स्थानमा जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रमहरूबाट १० लाख ३१ हजार ३५१ जना भन्दा बढी नागरिकहरू लाभान्वित भएको जनाइएको छ ।