धरान : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले धरानमा महामारीको रूपमा फैलिएको डेंगु नियन्त्रण गर्न सघाउनु पर्ने टिएओहरुले उल्टो आफूलाई खेदो खनेको बताएका छन् ।

विश्व आदिवासी दिवसमा आज बुधवार चुम्लुङ भवनमा आयोजित कार्यक्रममा उनले भने ‘डेङगु नियन्त्रण गर्न टिएलओ , सङ्घ संस्थाले सहयोग गरेनन्, डेङगु नियन्त्रण रोकथाम गर्न टिएलओले सघाउनु पर्नेमा उल्टै खोदो खने ।’

आफू भने हलो जोतिए झैँ जोतिनु परेको बताउँदै उनले ‘ टिएलओ अध्यक्ष जति सबै पार्टीको झोले कार्यकर्ता छन् ।’ राजनैतिक दलको काम चैँ विरोध गर्ने मात्र देखिएको बताउँदै उनले डेङगु नियन्त्रण गर्न राजनैतिक दल लाग्नु पर्दैन, जिम्मेवारी होइन ? भनी प्रश्न गरे ।

डेङगु धरानमा मात्र नभएर विराटनगर काठमाडौँ तिर पनि भएको उल्लेख गर्दै मेयर साम्पाङले पानीबाट डेङगु लागेको भनी दुष्प्रचार गरिएको बताए । उनले भने ‘पानी व्यापारीले धरानमा पानी बेच्न पानीमा भाइरस रहेको भन्दै कुप्रचार गरेको हो ।’

मेयर साम्पाङले आफू धर्म निरपेक्ष र समानताको पक्षमा उभिएर कार्य गर्दै आएको बताउँदै तैपनि विरोधीहरूले आफूलाई पास्टर, लामा र क्रिश्चियन भन्ने गरेको बताए । उनले राजनैतिक दल र सङ्घ संस्थालाई आफूले जस्तो कार्य गरेर देखाउन चेतावनी समेत दिए ।

आदिवासी जनजाति महासङ्घ धरानका नगर समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि मेयर साम्पाङले आफू आदिवासी जनजाति भन्ने दुई शब्द नमान्ने बताए । उनले भने ‘आदिवासी देशको जनजाति नभएर मुलबासी हो ।’

उनले अरूको विश्वविद्यालय नमान्ने, नपढ्ने र अरूको सिको नगर्ने बताए । जनजाति भनेको खेताला हो भन्दै उनले पद पैसा र १ पिलेट चाउमिनको भरमा प्रलोभनमा परेर अरूको दबाब र प्रभावमा  परिचालन भएर 'गति न मति'को काम गर्छ भने त्यो जनजाति भएको बताए ।

Adabasai janajati sang program