• रोहित कुलुङ राई

धरान : धरानमा खानेपानीको बारेमा युट्युब र फेसबुकमा ठूल्ठूला काम भएको प्रचार भए पनि धेरैलाई थाहा नहुन सक्छ धेरै ठाउँमा अहिले सम्म धरान खानेपानी बोर्डको पानी पुगेको छैन । पुर्याउने योजना पनि छैन । धरान बासी भए पनि स्थानीयवासीले आफै खानेपानीको बन्दोबस्त गरेका छन् । 

त्यस मध्ये धरान वडा ५ को देवी गाउँ एउटा हो । मारखोला, बोक्सी खोला, सेरा खोला र सिस्ने खोलाको मुहानबाट पानी ल्याएर देविगाँउमा ५ सय ९ घरले खानेपानी उपभोग आएका छन् । खानेपानीको श्रोत मुहानहरूको संरक्षणमा समुदाय जुट्दै आएका छन् । 

नियमित संरक्षण कार्यको क्रममा शनिवार देविगांउ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको आयोजनामा देविगाँउ सिरान स्थित सिस्ने खोला मुहानको सरसफाइ बृहत् वृक्षारोपण गरिएको छ । 

पछिल्लो समय धरानको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक जीवाणु कोलिफर्म पाइएको कुरा सार्वजनिक भएपछि स्थानिय समुदाय मुहानको सरसफाइमा जुटेका हुन् ।

देविगाँउ खानेपानीको चार वटा मुहान मध्य नजिकको मुहान सिस्ने खोला मुहान हो । वर्षायाममा दैनिक ४ घण्टा र हिउँदको समयमा दैनिक १ घण्टा पानी वितरण हुने गर्दछ । धरान वडा ५ मा अहिले सम्म खानेपानी बोर्डले पानी वितरण गर्दैन ।

मुहान सरसफाइ वृक्षारोपण कार्यक्रममा सहभागी वाड ५ का अध्यक्ष मन प्रसाद लिम्बुले भने नीराजन बस्ती देखी हर्दिया हुँदै कन्या पोखरी जाने सडक निर्माणको कारण जाने पहिरोले मुहान बगाउने-पुर्ने गरेको बताए । 

उनले भने ‘धरानको पानी आउँदैन भएको पानीको मुहान संरक्षण गर्न समस्या भएको छ ।’ पहिरो नियन्त्रणको लागि वडामा रकम छैन । उपमहानगरपालिकाले बजेट विनियोजन गरेन । 

उपभोक्ता समितिका सल्लाहकार दुर्गादास कुलुङले स्थानिय सरकारले स्थानीय खानेपानीको मुहान संरक्षणप्रति गम्भीर नभए बताउँदै ‘न धरानको पानी ल्याउने योजना छ, न मुहान संरक्षण गर्ने योजना नै छ ।’

सचिव ध्रुव गिरीले ४ वटा खानेपानीको मुहान मध्य सबै भन्दा नजिकको मुहान सिस्ने खोला भएको बताउँदै मुहानमा राखेको खानेपानी डिभिजन कार्यालय इटहरीबाट ट्याङ्की निर्माण र पाइप प्राप्त भएको बताए ।

उनले भने ‘तर स्थानीय सरकार बाट कुनै सहयोग प्राप्त भएको छैन ।’ मुहान क्षेत्र खहरे भएकोले बर्सेनि पहिरो आएर पाइप बगाउने गरेकोले प्रमुख समस्या पहिरो नियन्त्रण भएको उनको भनाई छ ।

वृक्षारोपणमा १०० जनाको सहभागिता थियो । पत्रङबारी सामुदायिक बनका अध्यक्ष चन्द्र बहादुर आचार्य सहसचिव चन्द्र कुलुङ, राईजिङ्ग इङ्लिस स्कुलका डाइरेक्टर सुवास लिम्बू शिक्षक विद्मार्थीहरु, ज्योति युवा समूह, ज्योति बालसमुह, देविगाँउ आमा समूह, वडा सदस्य सुनिता राई, विजय राई सहितको सहभागितामा वृक्षारोपण, सर सफाइ भएको हो ।

sisne-khila-sarasafai-2