इटहरी : नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिको सदस्यमा सुनसरीका राजीव कोइराला चयन भएका छन् । सभापति शेरबहादुर देउवाले आनन्दप्रसाद ढुङ्गाना संयोजक रहेको समितिमा कोइरालालाई  सदस्य चयन गरेका हुन् ।
मङ्गलवार देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारीको बैठक पछि देउवाले अनुशासन समिति गठन गरेका हुन् । नेपाली काँग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा ७ बमोजिम समिति गठन भएको बताइएको छ । 
यसअघि पनि संयोजक रहेका ढुङ्गाना नेतृत्वको समितिमा कोइराला सहित ईश्वरी न्यौपाने, ध्रुव वाग्ले र सञ्जयकुमार गौतम सदस्य छन् । त्यस्तै सभापति देउवाले केन्द्रीय निर्वाचन समिति संयोजकमा निवर्तमान महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई चयन गरेका छन् ।