धरान : साइकलमा जाँदै गरेको एक १२ वर्षीय बालकलाई स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते अवस्थामा अस्पताल लैजाँदै गर्दा मङ्गलवार दिउँसो बाटैमा मृत्यु भएको छ ।

मोरङको बुढिगंगा गाउँपालिका-१ मिलन चौक भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो । दुर्घटनामा खोटाङ चित्रुङ तुईचुङवा नगरपालिका घर भई हाल बुढिगंगा मिलन चौक बस्दै आएका १२ वर्षीय सन्देश सुनामको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

दक्षिणबाट उत्तर आउँदै गरेको बा १ प ६०१८ नम्बरको स्कुल बसले उत्तरबाट दक्षिण साइकलमा जाँदै गरेका बालकलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागी लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

बस र बस चालक विराटनगर-४ का ४० वर्षीय देवानन्द राजवंशीलाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।