इटहरी : हिन्दु धर्मावलम्बीले धरानका मेयर हर्क साम्पाङ विरुद्ध नाराबाजी गरेका छन् । क्रीस्चियन धर्मको प्रचारमा लागेको भन्दै मेयर साम्पाङको विरुद्ध मुर्दावादको नारा लगाएका हुन् ।

धरानमा गोरुको मासु खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दु धर्मावलम्बीले विरोध जनाएका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु लगाएपछि धरानमा बृहत् प्रदर्शन गर्ने तयारीमा रहेका हिन्दु धर्मावलम्बी इटहरीमा रोकिएका छन् । 

विभिन्न जिल्लाबाट आउने हिन्दु धर्मावलम्बीलाई प्रशासनले रोक लगाएको छ ।

धरानमा प्रदर्शन गर्न नपाएका उनीहरूले राष्ट्रिय जनावरको रक्षा गर्नुपर्ने भन्दै गृहमन्त्री र प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरेका छन् । धरानका मेयरको कारण धार्मिक सहिष्णुता भड्किएको धर्म गुरुहरूको आरोप छ ।

harka birudha nara 2