वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ७ मा रहेको सप्तकोशी बहुमुखी क्याम्पसको प्राङ्गणमा सरस्वती माताको प्रतिमा अनावरण गरिएको छ । आइतबार प्रतिनिधि सभा सदस्य पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  सरस्वती माताको प्रतिमा अनावरण गरेका हुन् । उक्त सरस्वती माताको प्रतिमा वराहक्षेत्र-८ निवासी तारानाथ पौडेल र क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुशीला खनाल पौडेलले आफ्नो स्वर्गीय माता, पिता तथा सासू ससुराको सम्झनामा निर्माण भएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुशीला खनाल पौडेलले सभाध्यक्षयतामा आयोजना भएको मूर्ति अनावरण तथा हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्कीले अहिले आवश्यकता कम्प्युटर विज्ञान र आइटी रहेको बताए । कार्कीले भने, 'यसकालागि सम्बन्धित मन्त्री ज्युहरूसँग र प्रतिनिधि सभाको बैठक मार्फत सरकारको ध्यानाकर्षण गराइ रहेको छु ।'

सप्तकोशी क्याम्पसको विकास र विद्यार्थीहरूको अपेक्षा पूरा गर्न आफू सधैँ तत्पर रहेको योजना समेत बनाइरहेको कार्कीको भनाई थियो । प्राविधिक कक्षा सञ्चालन, डिग्रीको कक्षा सञ्चालन, विश्वविद्यालयबाट अनुदान र क्याम्पसको स्थायित्वको लागि काम गर्ने र आवश्यक क्याम्पसमा सहयोगको लागि स्थानिय सरकार र प्रदेश सभाका सदस्यहरूलाई आग्रह समेत कार्कीले गरेका थिए ।

कार्यक्रममा प्रदेशसभाका सदस्य माननीय सदान्द मण्डल, इस्राइल मन्सुरी, नगर प्रमुख रमेश कार्की, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, वडा नं ८ का अध्यक्ष रोशन खडका लगायतको उपस्थिति रहेको थियो ।

saptakoshi campus new 2