झापा : झापाको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरिएको छ ।

हिजो दिनको ४ बजे ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-२ बजारमा साइकल यात्री भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ वर्षीय असरफुल हकलाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको छ ।

यसै गरी हिजै सोही समयमा झापाकै बिर्तामोड नगरपालिका-१ कंचनजंघा टोल स्थित बिमला होटेल एण्ड लज संचालन गरी बस्ने होटेल संचालिका ४० वर्षीय बिमला मोक्तान र  भद्रपुर नगरपालिका-७ को २९ वर्षीय रुजन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

लागुऔषध ब्राउनसुगरको कारोबार भइरहेको सूचना प्राप्त भई ईलाका प्रहरी कार्यालय अनामनी झापाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भइरहेको छ ।