धरान : अविरल वर्षाका बिच चट्याङ पर्दा बुधवार दिउँसो ताप्लेजुङमा एक किशोरको मृत्यु भएको छ ।

ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका-६ बिब्लाटेमा चट्याङ पर्दा स्थानिय ग्याबु शेर्पाको १६ वर्षीय छोरा फुर्बा शेर्पाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

चौरी गोठाला गई गोठमा फर्किने क्रममा अविरल वर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।

घट्नाको अनुसन्धान तथा शवको कानुनी प्रक्रिया पुरा गर्न इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरीले जनाएको छ ।