वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं.१ वराहक्षेत्र मन्दिर एरियामा जारी प्रथम संस्करणको कोकाहा कौशीकी मिनी गोल्डकपको उपाधिका लागि आयोजक कोकाहा फुटबल क्लब वराहक्षेत्र र तालतलैया फुटबल क्लब इटहरी भिड्ने भएका छन् ।
शुक्रवार सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा हाटखोला फुटबल क्लब चतरालाई तीन गोलको विरुद्ध ६ गोलको अन्तरले पराजित गर्दै तालतलैयाले फाइनलको यात्रा तय गरेको हो ।
पहिलो सेमिफाइनल खेलमा आयोजक कोकाहा फुटबल क्लबले धरान-१६ फुटबल क्लब धरानलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।
शुक्रवारको खेलमा म्यान अफ द म्याच तालतलैया उमेश राई घोषित भए। उनले नगद ११ सय रुपैयाँ प्राप्त गरे ।
कोकाहा फुटबल क्लबको आयोजनामा धार्मिक तथा पौराणिक रूपमा प्रसिद्ध कोकाहा खोलाको किनारामा रहेको खेल मैदानमा जारी प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार र उप-विजेता टिमले नगद २६ हजार पाउने छन् । 
प्रतियोगिता भर विद्यागत उत्कृष्ट खेलाडीहरूलाई नगद र ट्रफी प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष प्रवीण श्रेष्ठले बताए । फाइनल खेल आइतबार हुने उनले जानकारी दिए ।