धरान : विद्यार्थीहरूलाई मानवीय उद्धार कार्यप्रति लगाव बढाउन स्काउट दलको स्थापनाबाट विद्यालयीय अतिरिक्त क्रियाकलाप सामाजिक सरोकारमा पनि केन्द्रित हुन्छ । सामुदायिक स्कुलहरूमा सीमित स्काउट शिक्षा पछिल्लो समय संस्थागत विद्यालयहरूमा पनि दिइन थालिएको छ ।

यसै क्रममा धरान-९ स्थित विष्णु मेमोरियल माविका तालिम प्राप्त ४४ जना विद्यार्थीको विष्णु स्काउट दलका सदस्यहरूको दीक्षान्त समारोह शुक्रवार आयोजना गरियो ।

समारोहमा प्रमुख अतिथि नेपाल स्काउट सुनसरीका समन्वय आयुक्त लक्ष्मण राईले स्काउट दलका सदस्यहरूलाई व्याज र स्कार्फ प्रदान गरेका थिए ।

विष्णु स्काउट दलका सदस्यहरूमा व्याय स्काउट ८ जना र गल्र्स स्काउट १४ छन् । दोस्रो तहको बिपी ब्याच र हाइक ब्याच प्राप्त स्काउटहरूमा व्वाइज १२ जना र गल्र्स १० जना छन् । उनीहरूलाई समारोहमा जिल्ला स्काउट समन्वय आयुक्त राईले ब्याच प्रदान गरेका हुन ।

दीक्षान्त समारोहको सभापतित्व माविका सहायक प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले गरेका थिए ।

bishanu-school-dharan