धरान : दुहबीका दुई युवालाई लागुऔषध ब्राउन सुगर सहित शनिवार प्रहरीले पक्राउ गरेका छ ।
पक्राउ पर्नेमा दुहबी-५ का २९ वर्षीय श्यामकुमार साह र दुहबी-३ का २८ वर्षीय मनिष खुलाल छन् । उनीहरूलाई २० ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुहबी वडा ३ को सडकमा को ११ प २८१९ नम्बरको मोटरसाइकलमा आइरहेका उनीहरू माथि शङ्का लागि चेकजाँच गर्दा उक्त परिमाणको ब्राउन सुगर बरामद भएको हो ।
विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोली उनीहरूलाई पक्राउ गर्न खटिएका थिए ।