इटहरी : गैर आवासीय नेपाली (एनआरएन) को निर्वाचन सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि चार जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका भए पनि तीनवटा प्यानल चुनावी मैदानमा छन् ।

अध्यक्षका प्रत्याशीहरू नेपाली काँग्रेस निकट महेश श्रेष्ठ, नेकपा एमाले निकट डा. बद्री केसी र माओवादी केन्द्र निकट आरके शर्मा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्षका प्रत्याशी रविना थापाले भने प्यानल बनाएकी छैनन् ।

चुनावी दौरानमा केही उम्मेदवार भने साझा देखिएका छन् । उपाध्यक्षका उम्मेदवार राजु रेग्मी (राज) साझा उम्मेदवारका रूपमा देखिएका छन् । काँग्रेस निकट राजुलाई श्रेष्ठ र शर्माले औपचारिक रूपमै प्यानलमा राखेर फोटो सार्वजनिक गरी प्रचार गरेका छन् ।

मध्यपूर्वमा राम्रो पकड रहेका उनी श्रेष्ठ प्यानलका हुन्  ।

यद्यपि राजुको मध्यपूर्वमा प्रभाव देखेर माओवादी निकटका आरके प्यानलले पनि उनलाई समूहमा राखेका प्रचार गरिरहेको छ । दुवै प्यानल फोटो सहित सार्वजनिक गरे पछि उपाध्यक्षका प्रत्याशी राजुको प्रभाव बलियो छ । उनलाई बद्री केसी समूहले पनि अघोषित रूपमा सहयोग गरेको छ ।

राजु सबैको सर्वस्वीकार्य देखिएकाले उनी जितका नजिक देखिएका छन् । भविष्यको नेतृत्वका लागीले उपाध्यक्षमा भारी मतान्तरले जित्ने आकलन गरिएको छ ।

बागलुङको कुश्मिशेरामा जन्मिएका राज लामो समयदेखि कतारमा रहेर व्यवसाय गर्दै आएका छन् ।वर्तमान कार्यसमितिमा युवा उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेपछि उनी उपाध्यक्ष पदमा चुनावी मैदानमा छन् ।

वैदेशिक रोजगारीका लागि विदेश गएर दुःखमा परका नेपाली सहित नेपालमा सामाजिक काममा पनि राजले सघाउँदै आएकाले उनले खाडी मुलुकमा छोटो समयमा व्यावसायिक सफलता हासिल गरेका छन् । एनआरएनएको अभियान र संस्थागत विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको बाचा छ ।