धरान : गत भदौ २६ गते धरानका उपमेयर अईन्द्रविक्रम बेघाको घर अगाडि भएको ग्याङ फाइटमा संलग्न तीन जना जेल चलान भएका छन् ।

सुनसरी जिल्ला अदालतले असोज २३ गते ग्याङ फाइटका मुख्य आरोपी विष्णु बेघा, मेनल तामाङ र राज कार्कीलाई पुर्पक्षका लागि जेल चलान गरेको हो । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका सुरज तामाङ, नवीन तामाङ र युवराज लिम्बुलाई भने एक लाख ५० हजार धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

विष्णु बेघाको समूहले सन्देश राईलाई धारिलो हत्यारले प्रहार गरी गम्भीर घाइते बनाएको थियो । सोही दिन धरान प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी अनुसन्धान थालेको थियो भने भदौ २७ गते ज्यान मार्ने उद्योगमा संलग्न विरुद्ध मुद्दा दर्ता गरेको थियो ।

पुरानो रिसिइबिका कारण घटना भएको प्रहरी अनुसन्धानले देखाएको छ ।