वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ को पहाडी गाउँमा अवैध रूपमा लगाएको लागुऔषध गाँजाको बोट प्रहरीले फडानी गरी नष्ट गरेको छ । 

लागुऔषध दुर्व्यसन विरुद्धको अभियान अन्तर्गत अवैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान अनुसार सोमवार वडा नं १ को सुर्यकुण्ड, धिताल बारी लगायतका विभिन्न १६ वटा स्थानहरूमा अवैध रूपमा लगाइएका डाँडा पाखामा हुर्केका करिब ४ हजार ५ सय वटा गाँजाका बोटहरू फडानी गरी जलाई नष्ट गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले जनाए ।

अवैध रूपमा लगाइएका गाँजाका बोटहरू नष्ट गर्ने कार्य निरन्तर रूपमा सञ्चालन हुने लागु पदार्थ दुब्वसनि नियन्त्रणको कार्यमा प्रहरी एक्सनमा काम गर्ने इलाका  प्रहरी कार्यालय महेन्द्रनरले जनाएको छ ।