वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा तेस्रो संस्करणको कोशी प्रदेश स्तरीय कविता प्रतियोगिता आयोजना हुने भएको छ । वराहक्षेत्र क्रियाशील साहित्यिक संस्था पूर्वेली साहित्यिक मञ्चले ११५ औँ लक्ष्मी जयन्तीको अवसरमा तेस्रो कोशी प्रदेश स्तरीय कविता प्रतियोगिता आयोजना गर्ने लागेको हो ।

प्रतियोगितामा प्रथम हुने कबिले नगद १० हजार पुरस्कार,  दोस्रो हुने कबिले ५ हजार , तेस्रो हुने कबिले ३ हजार र सान्त्वना हुने कविले २ हजार सहित प्रमाण पत्रहरू पाउने आयोजक संस्था पूर्वेली साहित्यिक मञ्चका अध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन चाहने कविहरूले कार्तिक २१ गतेसम्म पूर्वेली साहित्यिक मञ्चको आधिकारिक इमेल र फेसबुक पेजमा कविता पढाउन सक्नु हुनेछ  । प्रतियोगीले पढाएको उत्कृष्ट कविताहरूलाई निर्णायकहरूबाट छनोट गरी कात्तिक २७ गते लक्ष्मी पुजाको दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ लक्ष्मी जयन्तीको अवसरमा औपचारिक कार्यक्रम गरेर विजेता छनोट गरिने अध्यक्ष सन्तोष चौलागाईले बताए ।