धरान : सडक दुर्घटनामा परेर स्पाइनलकर्ड इन्ज्युरी भएका चालक सोम राईको औषधी उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सञ्चालन गरेको अभियानमा रिटायर्ड ब्रिटिस आर्मी धरान-१५ निवासी डिल्ली तुम्रोकले नगद १० हजार १ सय सहयोग गरेका छन् ।

अभियानको अगुवाइ गरिरहेका सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईलाई रकम हस्तान्तरण गर्दै लाइन्स अफ धरान क्यालिबरका सचिव समेत रहको तुम्रोकले सङ्गठनले चलाएको अभियानमा सहभागी हुन पाएकोमा खुसी लागेको बताए ।

चालकको उपचार बापत घोपा स्थित आमा फार्मेसीमा मात्रै १ लाख ५१ हजार ९ सय बाँकी छ, जसमध्ये सहयोगीहरू मार्फत ६३ हजार ६० रुपैयाँ (तुम्रोकको सहयोग समेत) सङ्कलन भएको छ ।

चालक सोम राईकी श्रीमती सकुन् राईको उपस्थितिमा भएको रकम हस्तान्तरण कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, धरान नगर कमिटी अध्यक्ष कमल भट्टराई र जिफन्ट धरान अध्यक्ष शमशेर बर्देवाको उपस्थिति रहेको थियो ।