इटहरी : नेपाल प्रेस युनियन कोशी प्रदेशको सचिवालय बैठकले सल्लाहकार समिति चयन गरेको छ । शुक्रवार विराटनगरमा बसेको बैठकबाट ७ सदस्यीय सल्लाहकार समिति चयन गर्ने निर्णय गरेको हो ।

नेपाल प्रेस युनियनको विधान २०४७ (छैटौँ संशोधन २०७९ सहित) को धारा २८ को उपधारा २(ज) अनुसार सल्लाहकार समिति चयन गरिएको हो ।

अध्यक्ष मीन कुमार श्रेष्ठका अनुसार सल्लाहकार सदस्यमा लिलाबल्लभ घिमिरे, चेतन धमला, उद्धव तिम्सिना, सोम सुसेली, भीम नेम्वाङ, हेमा चेम्जोङ र शङ्कर खरेल छन् ।

आसन्न नेपाल पत्रकार महासङ्घको निर्वाचनलाई प्रभावकारी बनाउन मिसन महासङ्घ चलाउने निर्णय गरेको उनले बताए । हाल महासङ्घमा युनियनको अवस्था र निर्वाचनको रणनीति बारे निष्कर्ष निकाल्ने गरी सचिव विनय बाह्रकोटीलाई संयोजकको जिम्मेवार प्रदान गरिएको छ।

त्यससँगै कोशी प्रदेश समितिलाई परामर्श दिन अग्रज पत्रकार सम्मीलित ५१ सदस्यीय परामर्श समिति चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।