धरान : डिपो स्कुलको आयोजनामा सम्पन्न १८औँ ललित अम्बर डिपो कपको उपाधि पुलिस स्कुलले जितेको छ ।

अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा पुलिस स्कुलले बराह राइजिङ स्टारलाई ०-१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

पुलिस स्कुलका अंशु बस्नेतले खेलको दोस्रो हाफको ८ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि निर्धारित समय सम्म दुवै तर्फ कुनै गोल हुन नसके पछि पुलिस विजेता बनेको थियो ।

विजेता पुलिस स्कुलले उपाधि सँगै नगद एघार हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बराह राइजिङले नगद ७ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । तेस्रो हुने देउराली चिल्ड्रेनले नगद ५ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बराहका शिशिर कार्की, हाइस्कोरर बराहका सुबोध कटुवाल, बेस्ट डिफेन्स पुलिसका रोयल चौधरी र बेस्ट गोलकिपर पुलिसका सन्देश कुसवाह घोषित भए । यसैगरी फाइनल खेलको म्यान अफ द म्याच पुलिसका अंशु बस्नेत घोषित भए।

police-winnerकार्मेल स्कुल बन्यो दिलबहादुर प्लेट च्याम्पियन

यसैगरी दिलबहादुर प्लेट च्याम्पियन बनेको कार्मेल स्कुलले नगद ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपबिजाते मर्निङ स्टारले नगद १ हजार ५ सय, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।

विजेता तथा उपबिजाते खेलाडीहरूलाई कार्यक्रमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अम्बर लिम्बू, प्रमुख अतिथि धरान उपमहानगर उपमेयर अइन्द्र बेघा, एमाले नेता भिमज्वाला राई, डिपो क्याम्पस प्रमुख राजकुमार राई, व्यवस्थापन समिति सदस्य सूर्य पन्धाक लगायतले पुरस्कार वितरण गरेका थिए ।