धरान : उदयपुरमा २ नाल भरुवा बन्दुक घरमा अवैध रूपमा लुकाएर राखेको अभियोगमा शनिवार एक महिलालाई बन्दुक सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उदयपुरको बेलका नगरपालिका-४ की ४७ वर्षीय दुर्गा विश्वकर्मालाई पक्राउ गरिएको हो ।

अवैध रूपमा भरुवा बन्दुक लुकाएर राखेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ विश्वकर्माको घर खानतलासी गरेको थियो ।

खानतलासी गर्दा २ थान भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । बन्दुक बरामद भएपछि विश्वकर्मालाई समेत पक्राउ गरिएको हो । घटना सबन्धमा थप अनुसन्धान भइरहेको रामपुर प्रहरीले जनाएको छ ।