वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले सहकारी व्यवस्थापन तथा पल्स अनुगमन तालिम आयोजना गरेको छ ।

नगरपालिकाले नगर भित्र सञ्चालित सहकारीका सञ्चालक समितिका पदाधिकारी र व्यवस्थापनका कर्मचारीहरूलाई सहभागी गराएर तालिम आइतबारबाट सुरु गरिएको नगरपालिकाका सहकारी तथा आर्थिक विकास शाखाका प्रमुख मातृका तिबारले बताए । दुई दिनसम्म सञ्चालन हुने तालिममा एउटा सहकारीबाट दुई/दुई जना सञ्चालक समिति र व्यवस्थापन कर्मचारी सहभागी भएका छन् ।

तालिम नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्लको सभाध्यक्षयतामा आयोजना भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार विशिष्ट अतिथि रहेकी थिइन् ।

आइतबार सहकारी सञ्चालन, व्यवस्थापन सम्बन्धी प्रशिक्षण गराइने र सोमवार अडिरले तयार गरेको रिपोट अध्ययन गर्न बनाउन सञ्चालक समिति तथा व्यवस्थापनका कर्मचारीहरूलाई पल्स अनुगमन सम्बन्धी प्रशिक्षण दिइने सहकारी तथा आर्थिक विकास शाखाका प्रमुख तिबारले बताए ।

तालिमलाई प्रदेश सरकारी प्रशिक्षण तथा रजिस्टर कार्यालयका प्रमुख रजिस्टर हरिबहादुर खत्री र सहकारी अधिकृत मनोज कार्की सहजिकरण गर्ने छन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रमेश कार्कीले सहकारीले आर्थिक अनुशासनसँगै उत्पादन मूलक कार्यमा लगानी गर्न प्रेरित गर्नु पर्ने बताए ।

pulse anugaman 2