धरान : नेपाल शैक्षिक परामर्श सङ्घ ईक्यान पूर्वाञ्चल अध्यक्षमा भीम बहादुर लिङथेपले उम्मेदवारी घोषणा गरेका छन् ।

पूर्वी नेपालका शैक्षिक परामर्श व्यवसायीहरूका व्यावसायिक अधिकारका लागि ई-क्यानलाई अझ बलियो, बनाउन उम्मेदवारी दिएको लिङथेपले पत्रकार सम्मेलन आयोजना गरी बताएका छन् ।

ईक्यान पूर्वाञ्चलमा हाल २४ सदस्य संस्था आबद्ध छन् । केन्द्रीय तहमा हाल सम्म ५३० संस्था सदस्य छन् । ईक्यान पूर्वाञ्चलमा सुनसरी र मोरङका शैक्षिक परामर्श संस्थाहरू आबद्ध छन् ।

पुष ९ गते धरानको गजुर होटेलमा ईक्यान पूर्वाञ्चलको निर्वाचन हुने कार्यक्रम छ ।

अध्यक्षका उम्मेदवार लिङथेप पारामाउन्ट ईन्टरनेशनल एजुकेसनका प्रबन्ध निर्देशक, ईक्यान पूर्वाञ्चल तदर्थ समितिका सदस्य, संस्थापक सचिव हुन । उनी शैक्षिक परामर्श व्यवसायमा १५ वर्ष देखि संलग्न छन्।

पत्रकार सम्मेलनमा आफ्नो उम्मेदवारीको १५ सूत्रीय एजेण्डा लिङथेपले सार्वजनिक गरेका छन् ।