इटहरी : नेपाल तरुण दल सुनसरीले सङ्गठन बिस्तार र सामाजिक सेवाको क्षेत्रमा सर्वोत्कृष्ट कार्य गरेको केन्द्रीय समितिले ठहर गरेको छ । केन्द्रीय समितिले आभार तथा धन्यवाद व्यक्त गर्दै तरुण दल सुनसरीको प्रशंसा गरेको हो ।

केन्द्रीय अध्यक्ष विद्वान गुरुङले मानव सेवा र सामाजिक क्षेत्रका कार्यहरूमा समर्पित तरुण दल सुनसरीले देशभरका तरुण साथीहरूमा उत्प्रेरणा प्रदान गरेको बताएका छन् । कोभिड-१९ को समयमा हजारौँ सर्वसाधारण नागरिकहरूको उद्धार, सेवा र सहयोग देखी आर्थिक एवं सामाजिक रूपमा सहयोग गरेको उनको भनाइ छ ।

केन्द्रीय अध्यक्ष गुरुङले सुनसरी अध्यक्ष सिजन गुरुङलाई पत्र मार्फत प्राकृतिक विपत्तिको समयमा अग्रपङ्क्तिमा रहेर आर्थिक र भौतिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।

"समाजसेवाको उत्कृष्ट  कार्यहरूले तरुण दलका लाखौँ  सदस्य साथीहरूलाई उत्साह र हर्षले गौरवान्वित बनाएको छ । जिल्लाका सबै तह र क्षेत्रहरूमा व्यापक सङ्गठन निर्माण गरी नेपाल तरुण दलको इतिहासमा सुनसरी जिल्ला कार्य समितिले आफूलाई अब्बल साबित गरेको छ । साथै लोकतन्त्रको रक्षा र सामाजिक न्यायको लागि नेपाल तरुण दलनै कालान्तरसम्म आवश्यक भएको आम तरुणहरूमा बोध गराउँदै सङ्गठन विस्तारको गतिशीलता भने नेपाल तरुण दल केन्द्रीय समितिको लागि गर्वको विषय बनेको छ," पत्रमा उल्लेख गरिएको छ ।

सङ्गठन विस्तार गर्न तदारुकताका साथ लाग्ने सुनसरीका अध्यक्ष सिजन गुरुङ लगायत जिल्ला कार्यसमितिलाई धन्यवाद व्यक्त गरिएको छ । तरुण दल सुनसरीले हात्ती पीडित महिलाको घर निर्माण देखि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

tarun dal 2